झापा । सशस्त्र प्रहरीले एक वर्षको अवधिमा रु १३ करोड बढी मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।
आर्थिक वर्ष २०८२÷८३ मा १३ करोड ९ लाख १८ हजार ४४१ रुपैयाँ बराबरको अवैध सामान बरामद गरी भन्सार दाखिला भएको हो । सोही अवधिमा १ करोड ४२ लाख ११ हजार ८८ रुपैयाँ बराबरको अवैध काठ बरामद गरी दाखिला गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक मदनकुमार रसाइलीले जानकारी दिए ।
प्रहरीले आठ वटा सवारीसाधनसहित १ हजार ५०७ क्युफिट काठ र ५१ थान फर्निचर बरामद गरेको थियो । अवैध उत्खनन नियन्त्रणतर्फ ८० वटा सवारीसाधन नियन्त्रणमा लिई २५ लाख ५० हजार रुपैयाँ जरिवाना असुल गरिएको सशस्त्र प्रहरी बल, नेपाल दुई नं. गण, झापाले जानकारी दिएको छ ।











प्रतिक्रिया