काठमाडौँ । विश्वकै अग्रणी एआई डिभाइस इकोसिस्टम कम्पनी अनरले आज बहुप्रतीक्षित अनर रोबोट फोन सार्वजनिक गरेको छ ।
नयाँ श्रेणी सिर्जना गर्ने यो क्रान्तिकारी डिभाइसले प्रिमियम स्मार्टफोन डिजाइनमै पूर्ण रूपमा मोटराइज्ड थ्री–एक्सिस मेकानिकल गिम्बल एकीकृत गर्दै परम्परागत मोबाइल प्रविधिको भौतिक सीमालाई तोडेको दाबी गरिएको छ ।
अनर रोबोट फोनमा अनर टाइटेनियम एजाइल गिम्बल सहितको अत्यन्तै कम्प्याक्ट फोर डीओएफ मेकानिकल सिस्टम समावेश गरिएको छ । यसले एआरआरआई इमेज साइन्स र व्यावसायिक सिनेमाटिक वर्कफ्लोका चयनित तत्वहरूलाई संयोजन गर्दै परम्परागत स्मार्टफोनभन्दा अगाडि बढेर सक्रिय भौतिक साथी तथा शक्तिशाली मोबाइल प्रोडक्सन स्टुडियोका रूपमा काम गर्छ ।
व्यावसायिक सिनेमाका क्यामेराहरू डिजाइन गर्ने विश्वप्रसिद्ध कम्पनी एआरआरआई र अनरबीचको सिनेमाटिक इमेजिङ पार्टनरसिपअन्तर्गतको यो पहिलो प्रमुख उत्पादन उपलब्धि हो । ६० वटा निर्माण प्रक्रियामार्फत विकसित यो सिस्टममा १०० भन्दा बढी प्रेसिजन कम्पोनेन्टहरू समावेश छन् र १०० भन्दा बढी पेटेन्टद्वारा समर्थित छ ।
सामान्य फिल्टरभन्दा धेरै अगाडि बढ्दै, यस डिभाइसले एआरआरआई इमेज साइन्स तथा व्यावसायिक सिनेमाटिक वर्कफ्लोका चयनित तत्त्वहरूलाई स्मार्टफोनमा प्रयोग गर्न अनुकूलित गरेको छ ।
यसको रियर क्यामेरा सेटअपमा डुअल २०० एमपी क्यामेरा सिस्टम रहेको छ । यसमा वान बाई वान पोइन्ट ट्वेन्टी–एट इन्च सेन्सर र एफ वान पोइन्ट सिक्स एपर्चरसहितको २०० एमपी एजाइल गिम्बल मेन क्यामेरा तथा वान बाई वान पोइन्ट फोर इन्च सेन्सर र टू पोइन्ट सेभेन एक्स अप्टिकल जुम सहितको २०० एमपी पेरिस्कोप टेलिफोटो क्यामेरा समावेश छन् ।
स्न्यापड्रागन एट एलिट जेन फाइभ मोबाइल प्लेटफर्म द्वारा सञ्चालित अनर रोबोट फोनले एआई प्रोसेसिङ, इमेजिङ र मल्टिटास्किङका लागि फ्ल्यागशिप स्तरको प्रदर्शन प्रदान गर्छ । त्यस्तै, ७,०६० एमएएच नेक्स्ट जेन अनर सिलिकन–कार्बन ब्याट्री ले दिनभरको ब्याट्री ब्याकअप सुनिश्चित गर्छ । यसमा १२० वाट वायर्ड र ५० वाट वायरलेस अनर सुपरचार्ज पनि उपलब्ध छ ।
अनर रोबोट फोनमा एन्ड्रोइड–फर्स्ट अल–मेटल इन्टिग्रेटेड मोल्डिङ युनिबडी डिजाइन रहेको छ । यसमा ६।३१ इन्च एलटीपीओ ओएलईडी अनर एआई आइ कम्फर्ट डिस्प्ले रहेको छ, जसलाई अनर न्यानोक्रिस्टल शिल्डले सुरक्षा प्रदान गर्छ । डिस्प्लेले एडाप्टिभ वानदेखि १२० हर्ज रिफ्रेस रेट सपोर्ट गर्छ र अधिकतम ६,८०० निट्स पिक ब्राइटनेस सम्म पुग्छ । साथै, ४३२० हर्ज पीडब्लुएम डिमिङ लगायतका उन्नत आइ–कम्फर्ट प्रविधिहरूले लामो समयसम्म प्रयोग गर्दा पनि सहज दृश्य अनुभव प्रदान गर्छ ।






प्रतिक्रिया