साताको बजार समीक्षा : नेप्सेमा ६.२६ अंकको गिरावट, बजार पुँजीकरण ७ अर्बले घट्यो


काठमाडौँ । यो साता सेयर बजार परिसुचकमा सामान्य गिरावट आएको छ । साताभर नेप्से परिसूचक ६.२६ अंकले घटेर २६४३.८३ विन्दुमा झरेको छ भने कुल बजार पुँजीकरण पनि ७ अर्ब रुपैयाँले घटेर ४५ खर्ब ४७ अर्ब रुपैयाँमा सीमित भएको छ । साताका पाँच कारोबार दिनमध्ये तीन दिन बजार घट्दा दुई दिन सामान्य सुधार आएको थियो ।

गत साताको कारोबारको अन्तिम दिन शुक्रबार नेप्से ४.०५ अंकले घटेर २६५०.०९ अंकमा पुगेर बजार बन्द भएको थियो । यो साताको ५ कारोबार दिनमा सोमबार र शुक्रबार घटेको नेप्सेमा मंगलबार, बुधबार र बिहीबार भने सामान्य सुधार आएको थियो ।

सोमबार नेप्से ९.०४ अंकले घटेर २६४१.०५ विन्दुमा कायम भएको थियो । सोमबार १ करोड ९ लाख ६६ हजार ७४५ कित्ता सेयरहरु ५३ हजार ५२४ पटकमा ३ अर्ब ६७ करोड ४४ लाख १९ हजार रुपैयाँमा किनबेच भएका थिए ।

मंगलबार नेप्से ०.७९ अंकले घटेर २६४१.८५ विन्दुमा कायम हुँदा ९५ लाख ३४ हजार २२१ कित्ता सेयरहरु ५२ हजार ७३ पटकमा ४ अर्ब ११ करोड ९ लाख ७४ हजार रुपैयाँमा किनबेच भएका थिए ।

बुधबार नेप्से ०.५५ अंकले बढेर २६४२.४० विन्दुमा कायम भएको थियो । उक्त दिन ३४८ कम्पनीका ८७ लाख १ हजार ९४४ कित्ता सेयरहरु ४३ हजार ९९० पटकमा ३ अर्ब ५३ करोड २१ लाख ५ हजार रुपैयाँमा किनबेच भएका थिए ।

बिहीबार नेप्से ८.८१ अंकले बढेर २६५१.२१ विन्दुमा कायम हुँदा सो दिन ३४७ कम्पनीका १ करोड २ लाख २५ हजार ८७४ कित्ता सेयरहरु ४५ हजार ८२२ पटकमा ३ अर्ब ७२ करोड ४७ लाख ७० हजार रुपैयाँमा किनबेच भएका थिए ।

शुक्रबार नेप्से ७.३७ अंकले घटेर २६४३.८३ विन्दुमा कायम भई यो साताको लागि कारोबार बन्द भएको हो । शुक्रबार ३४४ कम्पनीका ९७ लाख ५४ हजार ४०३ कित्ता सेयरहरु ४३ हजार ६० पटकमा ४ अर्ब २७ करोड ५६ लाख ७५ हजार रुपैयाँमा किनबेच भएका थिए ।

साताभरमा कुन कम्पनीको सेयरमा देखियो वृद्धि ?

यो साता सेयर बजारमा बुधबार, बिहीबार र शुक्रबार माउन्ट एभरेष्ट पावरको सेयरमूल्य १५ प्रतिशतले बढेको थियो । त्यस्तै, बिहीबार र शुक्रबार सर्वोतम पेन्टस्‌को सेयर मूल्य पनि १५ प्रतिशतले बढेको थियो ।

यता, साताभरमा सबैभन्दा बढी बुधबार आइसीएफसी डेभेन्चर १५ प्रतिशतले घटेको थियो । त्यस्तै, मंगलबार महिला लघुवित्तको सेयर मूल्य १४.९१ प्रतिशतले घटेको थियो ।

सातामा कुन कम्पनीको कति सेयर कारोबार भयो ?

यो साता सबैभन्दा बढी कारोबार सोलु हाइड्रोपावरको भएको छ । साताको पहिलो कारोबार दिन सोमबार ४६ करोड ३७ लाख ६ हजार रुपैयाँकोद कारोबार भएको कम्पनीको मंगलबार ४४ करोड ८७ लाख ६० हजार रुपैयाँको, बुधबार २२ करोड ६ लाख ५९ हजार रुपैयाँको र बिहीबार १५ करोड ७० लाख ९१ हजार रुपैयाँको सेयर किनबेच भएको थियो ।

त्यस्तै रिडी पावर कम्पनीको सोमबार २९ करोड २७ लाख ६८ हजार रुपैयाँको र मंगलबार ३३ करोड ६७ लाख ६४ हजार रुपैयाँको सेयर कारोबार भएको थियो ।

कुन दिन कति कायम भयो बजार पूँजीकरण ?

साताभरिमा नेप्सेमा गिरावट आउँदा कुल बजार पूँजीकरण पनि घटेको छ । गत साताको कारोबारको अन्तिम दिन शुक्रबार ४५ खर्ब ५४ अर्ब रुपैयाँ कायम भएको बजार पुँजीकरण यो साताको अन्तिम शुक्रबारसम्म आइपुग्दा ७ अर्ब घटेर ४५ खर्ब ४७ अर्बमा सीमित रहेको छ ।

साताको पहिलो कारोबार दिन सोमबार कुल बजार पूँजीकरण ४५ खर्ब ३८ अर्ब रुपैयाँ कायम भएको थियो । मंगलबार ४५ खर्ब ४० अर्ब रुपैयाँ कायम भएको थियो भने बुधबार ४५ खर्ब ११ अर्ब रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, बिहीबार ४५ खर्ब ५९ अर्ब कायम भएकोमा शुक्रबार कुल बजार पूँजीकरण ४५ खर्ब ४७ अर्ब रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति: ३० श्रावण २०८३, शनिबार  ११ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।