राष्ट्रपतिद्वारा भारतीयस्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीयस्थल सेनाध्यक्ष धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन । आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले सेनापति सेठलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन ।

नेपाल र भारतबीच सन् १९५० देखि एकअर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्पराअनुसार सेठलाई सो सम्मान गरिएको हो । तीन दिने नेपाल भ्रमणका लागि सेनाध्यक्ष सेठ आइतबार नेपाल आइपुगेका हुन ।

उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, परराष्ट्रमन्त्री शिशिर खनाल, नेपाल सरकार र नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरू एवं नेपालका लागि भारतका राजदूतको उपस्थिति थियो ।

प्रकाशित मिति: १ भाद्र २०८३, सोमबार  १५ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।