बागमती । लामो समयदेखि उठ्न नसकेको सरकारी बक्यौता रु १० करोड असुली भएको छ । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विद्युत् लाइन काट्न थालेसँगै उक्त बक्यौता रकम असुली भएको हो ।
औद्योगिक क्षेत्रमा सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर लामो समयदेखि भाडा र महसुल नतिर्ने उद्योगको सङ्ख्या ६० भन्दा बढी रहेको छ । हेटौँडा औद्योगिक क्षेत्रमा कुल १४७ वटा उद्योग छन् । कार्यालयले बक्यौता नबुझाएका ६० भन्दा बढी उद्योगको लाइन काटिदिएको छ ।
अदालतको आदेशअनुसार रु ११ करोड बक्यौता उठ्नुपर्नेमा रु १० करोड असुली भएको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकारी हिमालय भण्डारीले जानकारी दिए ।





प्रतिक्रिया