मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य कति ?


काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ३ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भएको प्रतितोला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्यमा भने गिरावट आएको छ । सोमबार ४ हजार ७७० रुपैयाँमा किनबेच भएको प्रतितोला चाँदी १५ रुपैयाँले घटेर ४ हजार ७५५ रुपैयाँ पुगेको हो ।

नेपालमा अन्तर्राष्टिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण हुने गरेको छ । मंगलबार अन्तर्राष्टिय बजारमा सुन प्रतिऔंस ४ हजार ३९२ अमेरिकी डलर रहेको छ ।

प्रकाशित मिति: २ भाद्र २०८३, मंगलबार  ११ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।