‘हुवाई वाच फिट फाइभ प्रो’ नेपालमा सार्वजनिक, सीमित अवधिका लागि हुवाई फ्रि बड्स एसई २ निःशुल्क


काठमाडौँ । नेपालमा हुवाई कन्जुमर उत्पादनहरूको राष्ट्रिय वितरक कल मोबिलिटी प्रालिले प्रिमियम डिजाइन, उन्नत स्वास्थ्य निगरानी, व्यावसायिक फिटनेस फिचर तथा स्मार्ट सुविधाहरूले सुसज्जित ‘हुवाई वाच फिट फाइभ प्रो’ आधिकारिक रूपमा नेपालमा सार्वजनिक गरेको छ।

लन्चलाई अझ विशेष बनाउन हुवाईले सीमित अवधिका लागि विशेष अफर पनि ल्याएको छ। हुवाई वाच फिट फाइभ प्रो खरिद गर्ने ग्राहकले ५,४९० मूल्य पर्ने हुवाई फ्री बड्स एसई २ निःशुल्क प्राप्त गर्ने छन्।

प्रिमियम डिजाइन र शक्तिशाली प्रदर्शन

४३ हजार ९९० मूल्यमा उपलब्ध हुवाई वाच फिट फाइभ प्रोमा कालो फ्लोरोइलास्टोमर, सुन्तला खैरो नायलन र सेतो फ्लोरोइलास्टोमर स्ट्र्याप विकल्पहरू उपलब्ध छन्। जसले प्रयोगकर्तालाई आफ्नो व्यक्तिगत शैलीअनुसार घडी छनोट गर्ने सुविधा दिन्छ।

स्मार्टवाचमा १।९२ इन्चको डिस्प्ले, केवल १।८ एमएमका अल्ट्रा(स्लिम बेजेल र अधिकतम तीन हजार निट ब्राइटनेस रहेको छ। यसले प्रत्यक्ष घाममा समेत स्पष्ट र जीवन्त भिजुअल अनुभव प्रदान गर्छ।

फिटनेस र आउटडोर एडभेन्चरका लागि उत्कृष्ट

हुवाई वाच फिट फाइभ प्रोमा रहेको मिनी वर्कआउट मोडले ३० सेकेन्डदेखि केही मिनेटसम्मका छोटा र निर्देशित व्यायामहरू उपलब्ध गराउँछ। जसले दैनिक जीवनमा सक्रिय रहन अझ सहज बनाउँछ।

आउटडोर गतिविधि मन पराउनेहरूका लागि ट्रली रन मोडले सेग्मेन्टमा आधारित नेभिगेसन, उचाइको ट्रेन्ड तथा अनुमानित आगमन समयजस्ता सुविधाहरू प्रदान गर्छ। त्यसैगरी, गल्फ खेलाडीहरूले विश्वभरका १७ हजारभन्दा बढी गल्फ कोर्सका नक्सा, उन्नत ग्रीन भ्यु तथा स्विङ विश्लेषणको सुविधा पनि प्राप्त गर्न सक्छन्।

उन्नत स्वास्थ्य निगरानी

हुवाई वाच फिट फाइभ प्रोले ए(फिब तथा समयपूर्व धड्कन अलर्टहरू, ईसीजी, धमनी कठोरता पत्ता लगाउनेलगायतका उन्नत स्वास्थ्य निगरानी सुविधाहरू प्रदान गर्छ। महिलाहरूका लागि नाडीको तापक्रम ट्र्याकिङसहितको वमन्स हेल्थ अनुगमन सुविधा पनि उपलब्ध छ।

ब्याट्रीको कुरा गर्दा, हल्का प्रयोगमा १० दिनसम्म र नियमित प्रयोगमा ७ दिनसम्म ब्याट्री टिक्ने भएकाले वाच फिट फाइभ प्रो दैनिक जीवनशैलीसँग सहज रूपमा साथ दिन डिजाइन गरिएको छ।

हुवाई वाच फिट फाइभ प्रो अब नेपालभर ४३ हजार ९९० मा उपलब्ध छ। साथै, ५४९० मूल्यपर्ने हुवाई फ्रीबड्स एसई २ निःशुल्क प्राप्त गर्ने अफर सीमित अवधिका लागि मात्र उपलब्ध रहेको छ।

प्रकाशित मिति: २ भाद्र २०८३, मंगलबार  १२ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।