काठमाडौँ । साताको दोस्रो कारोबार दिन पनि नेप्से घटेको छ । मंगलबार नेप्से १९.३४ अंकले घटेर २६२२.४८ विन्दुमा कायम भएको छ ।
आज ५७ कम्पनीको सेयर मूल्य बढ्दा २१७ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको सेयर मूल्य स्थिर रहेका छन् ।
मंगलबार ३४७ कम्पनीका १ करोड ५१ लाख ९६ हजार ९८२ कित्ता सेयरहरु ५५ हजार २४६ पटकमा ५ अर्ब ७ करोड ३५ लाख १८ हजार रुपैयाँमा किनबेच भएका छन् । सोमबार ५ अर्ब ५२ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।
मंगलबार माउन्ट एभरेष्ट पावर र सर्वोतम पेन्टस्को सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, मनकामना इनर्जिङ ४.७८ प्रतिशतले बढेको छ । यता, सगरमाथा जलविद्युतको सेयर मूल्य १०.६३ प्रतिशतले घटेको छ । त्यस्तै, खानीखोला हाइड्रो ९.६७ प्रतिशतले र सिद्धार्थ इक्वीटि फण्ड ७.१४ प्रतिशतले घटेको छ ।
मंगलबार कारोबार रकमका आधारमा एग्रीकल्चर बण्ड शीर्ष स्थानमा रहेको छ । बण्डको आज ५० करोड ६८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, सोलु हाइड्रोको ३९ करोड १४ लाख ५५ हजार रुपैयाँको सेयर कारोबार हुँदा खानीखोला हाइड्रोको २५ करोड २६ लाख ४२ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।





प्रतिक्रिया