बागमती । हेटौँडास्थित सहिद स्मारकले टिकट बिक्रीबाट एक महिनामा १३ लाख ३६ हजार ५८० रुपैयाँ सङ्कलन गरेको छ ।
स्मारक घुम्न आएका १८ हजार ७६८ जना सर्वसाधारण र ९५० जना विद्यार्थीबाट उक्त रकम जम्मा भएको हो । हरेक दिन बिहान ६ बजेदेखि बेलुका ९ बजेसम्म स्मारक खुला हुने गरेको लेखा अधिकृत आशिष विडारीले जानकारी दिए ।
घुम्न आउने विद्यार्थीका लागि ३० रुपैयाँ, सर्वसाधारणका लागि ५० रुपैयाँ, सार्क राष्ट्रका लागि १०० रुपैयाँ र अन्य पर्यटकका लागि १५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।





प्रतिक्रिया