काठमाडौँ । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार ७०० रुपैयाँले र चाँदी तोलामा १६० रुपैयाँले घटेको हो ।
बुधबार सुन प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला ३ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बुधबार चाँदी प्रतितोला ४ हजार ५९५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ७५५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३४५.३ अमेरिकी डलर र चाँदी ६२.८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।





प्रतिक्रिया