झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट


काठमाडौँ । मंगलबार नेप्से झिनो अंकले घटेको छ । आज नेप्से ०.२६ अंकले घटेर २६२२.२२ विन्दुमा कायम भएको छ ।

आज ११० कम्पनीको सेयर मूल्य बढ्दा १५० कम्पनीको सेयर मूल्य घटेको छ भने १८ कम्पनीको सेयर मूल्य स्थिर रहेका छन् ।

बुधबार ३४६ कम्पनीका ९५ लाख ८ हजार ८८२ कित्ता सेयरहरु ४२ हजार ७०९ पटकमा ३ अर्ब २९ करोड ८० लाख १९ हजार रुपैयाँमा किनबेच भएका छन् । मंगलबार ५ अर्ब ३५ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।

बुधबार माउन्ट एभरेष्ट पावर र सर्वोतम पेन्टस्को सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आरबीबी म्युचुअल फण्ड ३.०९ प्रतिशतले बढेको छ । यता, मनकामना इनर्जीङको सेयर मूल्य ८.४५ प्रतिशतले घटेको छ । त्यस्तै, सनराइज ब्लुचिप फण्ड ३.७० प्रतिशतले र रिग्दे लाइन इनर्जी ३.३८ प्रतिशतले घटेको छ ।

बुधबार कारोबार रकमका आधारमा साहस उर्जा शीर्ष स्थानमा रहेको छ । कम्पनीको आज १७ करोड ५२ लाख ८२ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, सोलु हाइड्रोको १६ करोड ८८ लाख ४७ हजार रुपैयाँको सेयर कारोबार हुँदा रिलायन्स स्पिनिङ मिल्सको १५ करोड ५५ लाख ३२ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित मिति: ३ भाद्र २०८३, बुधबार  १५ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।