काठमाडौँ । चार कारोबार दिनपछि बिहीबार नेप्सेमा सुधार आएको छ । आज नेप्से ७.१७ अंकले बढेर २६२९.४० विन्दुमा कायम भएको छ ।
बिहीबार ३४५ कम्पनीका ९५ लाख ७६६ कित्ता सेयरहरु ४७ हजार ९१९ पटकमा ४ अर्ब ४० करोड १४ लाख ९ हजार रुपैयाँमा किनबेच भएका छन् । बुधबार ३ अर्ब २९ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।
बिहीबार माउन्ट एभरेष्ट पावर र सर्वोतम पेन्टस्को सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, एनआइसी एसिया सेलेक्ट फण्ड ६.६३ प्रतिशतले बढेको छ । यता, कुमारी धनवृद्धि योजना ९.७७ प्रतिशतले घटेको छ । त्यस्तै, कुमारी इक्युटी फण्ड ९ प्रतिशतले र खानीखोला हाइड्रो ५.९७ प्रतिशतले घटेको छ ।
बिहीबार कारोबार रकमका आधारमा एग्रीकल्चर बण्ड शीर्ष स्थानमा रहेको छ । बण्डको आज ५० करोड ६५ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको ३० करोड ४ लाख ७९ हजार रुपैयाँको सेयर कारोबार हुँदा सोलु हाइड्रोको २२ करोड ९८ लाख ९४ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।





प्रतिक्रिया