१० अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट


काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । शुक्रबार नेप्से १०.६७ अंकले घटेर २६१८.७२ विन्दुमा कायम भएको छ ।

शुक्रबार ३४४ कम्पनीका १ करोड २२ हजार ७६५ कित्ता सेयरहरु ५९ हजार ८०५ पटकमा ४ अर्ब १६ करोड ७६ लाख १८ हजार रुपैयाँमा किनबेच भएका छन् । बुधबार ४ अर्ब ४० करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।

शुक्रबार सर्वोतम पेन्टस्को सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, पञ्चकन्या माइ हाइड्रो १३.८६ प्रतिशतले र राप्ति हाइड्रो ५.५१ प्रतिशतले बढेको छ । यता, धौवलागिरी लघुवित्तको सेयर मूल्य ५.२६ प्रतिशतले घटेको छ । त्यस्तै, लक्ष्मी भ्यालु फण्ड ५.२२ प्रतिशतले र सूर्यकण्ड हाइड्रो ५.२१ प्रतिशतले घटेको छ ।

शुक्रबार कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ । कम्पनीको आज २६ करोड ३७ लाख ३० हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, सोलु हाइड्रोको २४ करोड ५३ लाख ६९ हजार रुपैयाँको सेयर कारोबार हुँदा रिडी पावर कम्पनीको १८ करोड ६७ लाख ६८ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित मिति: ५ भाद्र २०८३, शुक्रबार  १५ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।