भन्सार छलीको सामान दाखिला


भद्रपुर । झापा सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको ठूलो परिमाणको मोबाइल पाट्र्ससहित १८ लाख रुपैयाँ भन्दा बढी मूल्यको सामान बरामद गरी भन्सार दाखिला गरेको छ ।

मेचीनगर नगरपालिका–४ स्थित माताचोक सीमा क्षेत्रबाट आइतबार राति सशस्त्र प्रहरी बल, नेपाल बिओपी बाहुडाँगीको टोलीले उक्त सामान बरामद गरेको थियो ।

सशस्त्र प्रहरीले उक्त सामान नियन्त्रणमा लिएर जाँच गर्दा चार वटा बोरामा विभिन्न किसिमका आइफोन मोबाइलका पाट्र्स फेला पारेकोे थियो ।

सशस्त्र प्रहरी बल, नेपाल नं २ गण हेडक्वार्टर झापाका सूचना अधिकारी मदनकुमार रसाइलीका अनुसार, बरामद सामानको भन्सार मूल्य १८ लाख एक हजार रुपैयाँ बराबर छ । उनले बरामद सामान सोमबार मेची भन्सार कार्यालय, काँकरभिट्टामा दाखिला गरिएको जानकारी दिए।

प्रकाशित मिति: ९ भाद्र २०८३, मंगलबार  ०६ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।