काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निःशुल्क गरेको छ ।
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढीबाट प्रभावित क्षेत्रका लागि निःशुल्क टेलिफोन तथा इन्टरनेट सुविधा तत्काल उपलब्ध गराउन निर्देशन दिएका थिए ।
नेपाल टेलिकमले सो क्षेत्रका बासिन्दाका लागि दुई दिनका लागि अनलिमिटेड भ्याइस सेवा, प्रतिदिन २ जीबी डाटा तथा ५० एसएमएस निःशल्क गरिएको नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले जानकारी दिए ।
टेलिकमले आजै बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई सावधानी अपनाउनका लागि एसएमएसमार्फत् जानकारी निरन्तर जानकारी दिइरहेको छ । टेलिकमका अनुसार बाढीका कारण रसुवामा २ र नुवाकोटमा ५ वटा गरी ७ टावरमा क्षति भएको प्रारम्भिक विवरण रहेको छ । मर्मत सम्भारका लागि नेपाल टेलिकमको टोली प्रभावित क्षेत्रमा खटिइसकेको छ ।





प्रतिक्रिया