बाढीको प्रभाव तल्लो तटीय क्षेत्रमा कम


काठमाडौँ । रसुवास्थित भोटकोशी नदिमा आएको बाढीको प्रभाव माथिल्लो क्षेत्रको तुलनामा तल्लो तटीय क्षेत्रमा कम देखिएको छ ।

जल विज्ञान तथा अनुसन्धान केन्द्र, बाढी पूर्वानुमान महाशाखाले भने बढीबाट तल्लो नदी तटीय क्षेत्रमा पनि हुन सक्ने क्षतिलाई दृष्टिगत गरी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

बाढीका कारण फुर्केखोलास्थित जलमापन केन्द्रले १०.८ मिटर जलसतह मापन गरेको र त्यसपछि उक्त केन्द्र तथा पुलसमेत बाढीले बगाएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाढीसम्बन्धी तत्काल सूचना लिन बाढी पूर्वानुमान महाशाखाको ११५५ को २ नम्बरमा २४ सै घण्टा सम्पर्क गर्न सकिने महाशाखाका हाइड्रोलोजिस्ट सौगात भुसालले बताए ।

प्रकाशित मिति: १० भाद्र २०८३, बुधबार  १४ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।