काठमाडौँ । बुधबार भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण सम्पर्कविहीन हुने पर्यटक संख्या ६४४ पुगेको छ ।
नेपाल पर्यटन बोर्डका अनुसार सबैभन्दा धेरै भारतीय पर्यटक १७८ सम्पर्कविहीन छन् । नेपाली पर्यटक १२७ जना रहेका छन् । अमेरिकी पर्यटक ६५ र युक्रेनका ५३ पर्यटक सम्पर्कविहिन रहेको तथ्यांक छ ।
त्यसैगरी, मलेसियाका ५१, बेलायतका ३३, अष्ट्रेलियाका ३५, क्यानडाका २५, सिंगापुरका ९, रुसका ८, जर्मनीका ८ र लात्भिया, दक्षिण अफ्रिकाका ६/६ जना पर्यटक वेपत्ता रहेको बोर्डले जनाएको छ । बोर्डले ट्राभल एजेन्सी र कम्पनीहरूबाट तथ्यांक संकलन गरेको जानकारी दिएको छ ।





प्रतिक्रिया