बाढीपीडित उद्धारका लागि तीन जिल्लामा नगद सहयोग


काठमाडौँ । सरकारले रसुवा, नुवाकोट र धादिङमा साढे दुई करोड रुपैयाँ सहयोग प्रदान गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीले रसुवामा एक करोड, नुवाकोट जिल्लालाई एक करोड र धादिङ जिल्लालाई ५० लाख रुपैयाँ प्रदान गरिएको जानकारी दिए ।

त्यसैगरी, बाढीपीडितको उद्धारका लागि हालसम्म ३७ वटा हवाइ उडान भएको छ, भने हेलीबाट हालसम्म ३०५ जनाको उद्धार भएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिए ।

प्रकाशित मिति: ११ भाद्र २०८३, बिहिबार  १३ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।