भोटेकोशी बाढीः पर्सा जिल्लाका १६ जना सम्पर्कविहीन


पर्सा । भोटेकोसी नदीमा आएको बाढीमा परी पर्सा जिल्लाका १६ जना नागरिक सम्पर्कविहीन भएका छन् ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार रसुवाका विभिन्न स्थानमा कार्यरत तथा बसोबास गर्दै आएका पर्सा जिल्लाका १६ जना नागरिक हालसम्म सम्पर्कमा नआएको जनाएको छ ।

प्रहरीका अनुसार पर्साबाट नारायण पटेल, सुबोध पटेल, अरुण हजरा, श्यामबाबु ठाकुर, उकेश दंगोल, सञ्जय तामाङ, आकाश तामाङ, कमरुल होदा अंसारी, सुभाष पटेल, समिम देवान, अनुतम बहादुर श्रेष्ठ, अभिषेक बस्तोला, घनश्याम बस्तोला, दिनेश परियार र पृथ्वी चौधरीसहित १६ जना सम्पर्कविहीन छन् ।

प्रकाशित मिति: ११ भाद्र २०८३, बिहिबार  १४ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।