रसुवा बाढी : हालसम्म कति भेटिए शव ?


काठमाडौँ । बुधबार बिहान रसुवाको भोटेकोसी नदीमा आएको आकस्मिक बाढीमा परी ज्यान गुमाएका मानिसमध्ये २७० जनाको शव फेला परेको छ । विभिन्न स्थानमा ती शव फेला परेको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणानुसार, रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा १०८, गोरखामा २०, तनहुँमा नौ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा ६२ र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा १५ गरी उक्त संख्यामा शव फेला परेको हो ।

प्रकाशित मिति: ११ भाद्र २०८३, बिहिबार  १५ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।