लगातार पाँच कारोबार दिन घट्यो नेप्से


काठमाडौँ । लगातार पाँच कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । गत शुक्रबारदेखि बिहीबारसम्म नेप्से परिसूचक लगातार घटेको हो । आज (बिहीबार) नेप्से १.०४ अंकले घटेर २५५७.३१ विन्दुमा कायम भएको छ ।

बिहीबार ३४८ कम्पनीका १ करोड ६ लाख २६ हजार ३७० कित्ता सेयरहरु ५२ हजार ५७५ पटकमा ३ अर्ब ७८ करोड ६४ लाख ५५ हजार रुपैयाँमा किनबेच भएका छन् । बुधबार ४ अर्ब ७७ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।

बिहीबार सर्वोतम पेन्टस्को सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, घोराही सिमेन्टको सेयर मूल्य ८.१९ प्रतिशतले र सोनापुर मिनरल्सको ५.०५ प्रतिशतले बढेको छ । यता, अपर हेवाखोला हाइड्रोको सेयर मूल्य ९.४५ प्रतिशतले घटेको छ । त्यस्तै, त्रिशुली जलविद्युत ९.२३ प्रतिशतले र इमर्जिङ नेपाल ८.३८ प्रतिशतले घटेको छ ।

बिहीबार कारोबार रकमका आधारमा शिभम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । कम्पनीको आज २१ करोड ७५ लाख ९१ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल एसबिआई बैंकको १६ करोड ६६ लाख ९ हजार रुपैयाँको सेयर कारोबार हुँदा चिलिमे हाइड्रोको १६ करोड ७ लाख ३८ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित मिति: ११ भाद्र २०८३, बिहिबार  १५ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।