बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि गोरखा ब्रुअरीद्धारा १० करोड सहयोग


काठमाडौँ । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत,उद्धार र खोज तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्राप्त हुन थालेको सहयोग रकम एकद्वार प्रणालीमार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बुझ्न थालेका छन् ।

भर्खरै गोरखा ब्रुअरीले आफ्नोतर्फबाट १० करोड रुपैयाँ नगद अर्थमन्त्रीलाई हस्तान्तरण गरेको छ। गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी, वित्त निर्देशक अमर वैद्य र बजार निर्देशक काजीमन सुब्बाले अर्थमन्त्री डा. वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरे ।

प्रकाशित मिति: ११ भाद्र २०८३, बिहिबार  १६ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।