भोटेकोशी बाढीः सिन्धुपाल्चोकबाट २२४ सम्पर्कविहीन


सिन्धुपाल्चोक । भोटेकोशीमा आएको बाढीपछि सिन्धुपाल्चोकका २२४ व्यक्ति सम्पर्कविहीन भएका छन् ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले भोटेकोशी गाउँपालिकाका ६५ बाह्रबिसे नगरपालिकाका ५९, बलेफी गाउँपालिकाका २९, सम्पर्कबिहीन भएको जानकारी दिए ।

त्यसैगरी, जुगलका १६, चौतारा साँगाचोकगढी नगरपालिकाका १४, मेलम्ची नगरपालिकाका १४, सुनकोशी गाउँपालिकाका १४, त्रिपुरासुन्दरी गाउँपालिकाका पाँच, हेलम्बु गाउँपालिकाका चार र लिसङ्खुपाखर गाउँपालिकाका तीन जना पनि सम्पर्कविहीन भएका छन् ।

सिन्धुपाल्चोकबाट कैलाशमान सरोवर जाने विदेशीका गाइड, भरिया, व्यापारी, गोसाइँकुण्ड गएका तीर्थयात्री, हाइड्रोपावरमा काम गर्ने जनशक्ति र रसुवा भन्सार कार्यालय आसपास व्यापारिक काम गर्ने नागरिक सम्पर्कविहीन भएका हुन् ।

प्रकाशित मिति: ११ भाद्र २०८३, बिहिबार  १६ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।