प्रधानमन्त्री राहत कोषमा लेयर्स कुखुरापालक सङ्घद्धारा १० लाख सहयोग


चितवन । नेपाल लेयर्स कुखुरापालक सङ्घले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ । रसुवा बाढी प्रभावितको राहतका लागि सङ्घले कोषमा सहयोग गरेको हो ।

सङ्घका अध्यक्ष विनोद पोखरेलले रसुवा बाढीपछि राहत र उद्धारका लागि सरकारले आर्थिक सहयोगको आह्वान गरेपछि सङ्घले आज १० लाख रुपैयाँ सहयोग गरेको बताए । रसुवास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखा लगायतका जिल्लामा भएको मानवीय र भौतिक क्षतिप्रति अध्यक्ष पोखरेलले दुःख व्यक्त गरे ।

सङ्घले यसअघि भूकम्प र कोभिडलगायतका प्राकृतिक विपत्तिमा पनि सहयोग गर्दै आएको जानकारी दिदै अध्यक्ष पोखरेलले राष्ट्रमा परेको विपत्तिमा थोरै भए पनि सङ्घले सहयोग गरेको बताए ।

प्रकाशित मिति: ११ भाद्र २०८३, बिहिबार  १७ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।