हिमालय अर्गनाइजेसन अन्तर्गतको म्याक्सस नेपाल (हिमालय मोटोक्स प्रालि) ले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको राहत तथा पुनर्स्थापनाका लागि ७० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
साइक म्याक्सस अटोमोटिभ चाइनासँगको समन्वयमा कम्पनीले नेपाल सरकारको राहत तथा उद्धार अभियानमा ऐक्यबद्धता जनाउँदै उक्त रकम बराबरको सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।
घोषित कुल रकममध्ये ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिनेछ, जसले सरकारमार्फत सञ्चालन हुने पुनर्स्थापना तथा पुनर्निर्माणका कार्यमा सहयोग पुर्याउने विश्वास कम्पनीले लिएको छ । बाँकी २० लाख रुपैयाँ भने प्रत्यक्ष राहतका लागि खर्च गरिने म्याक्सस नेपालले जनाएको छ ।





प्रतिक्रिया