शुक्रबार तोलामा २४ सयले घट्यो सुनको भाउ


काठमाडौँ । शुक्रबार सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ५०० कायम भएको छ । बिहीबार सुन प्रतितोला ३ लाख २० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ९६५ रुपैयाँ कायम भएको छ । जुन बिहीबार कायम भएको मूल्यलाई निरन्तरता दिइएको हो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ५८२.५ अमेरिकी डलर र चाँदी ६८.८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १२ भाद्र २०८३, शुक्रबार  १० : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।