रसुवामा आएको बाढीका कारण ४७५ जनाको मृत्यु, कुन जिल्लामा कति भेटिए ?


काठमाडौँ । रसुवामा आएको बाढीका कारण शुक्रबार बिहान ९ बजे सम्म ४ सय ७५ जनाको मृत्यु भएको छ ।

जसमध्ये रसुवामा १२ जना, नुवाकोटमा ३७ जना, धादिङमा ३७ जना, चितवनमा १ सय ७९ जना, गोरखामा ४४ जना, तनहुँमा २८ जना, नवलपरासी पूर्वमा १ सय १० र नवलपरासी पश्‍चिम २८ जना गरी ४ सय ७५ जनाको शव फेला परेको छ ।

प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।

प्रकाशित मिति: १२ भाद्र २०८३, शुक्रबार  ११ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।