काठमाडौँ । प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गर्ने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
बुधबार नेपाल–चीन सिमाना एवं भोटेकोशी नदीमा आकस्मिक बाढी आउँदा ठूलो धनजनको क्षति भएको छ ।
उक्त बाढी पिडितको राहत तथा उद्दारका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् ।





प्रतिक्रिया