सुदूरपश्चिम प्रदेशद्धारा बाढीपीडितलाई दुई करोड सहयोग


सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि दुई करोड रुपैयाँ प्रदान गर्ने भएको छ ।

प्रदेश मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको हो । सहायता रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा दाखिला गर्ने निर्णय भएको सरकारका प्रकाशबहादुर रावलले जानकारी दिए ।

साथै, बाढी प्रभावित क्षेत्रमा घाइते तथा बिरामीको उपचारका लागि स्वास्थ्य टोली पठाउने निर्णय भएको छ ।

यसैगरी, बैठकले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गोकर्णप्रकाश भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । आयोगको सदस्यमा गङ्गादत्त जोशी र हीरा चन्दलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: १२ भाद्र २०८३, शुक्रबार  १३ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।