काठमाडौँ । झापाको बिर्तामोडस्थित भाटभटेनी सुपरमार्केट आजदेखि सञ्चालनमा आएको छ । गत वर्ष २४ भदौको जेन-जी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको झापाको बिर्तामोडस्थित भाटभटेनी स्टोर आजदेखि पुनः सञ्चालनमा ल्याइएको हो ।
आजदेखि उक्त भाटभटेनीले दैनिकरूपमा नियमित सेवा प्रदान गर्नेछ । भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले एक विज्ञप्ति जारी गर्दै आजदेखि सञ्चालनमा आएको बताए ।
“ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने हाम्रो प्रतिबद्धता यथावत् रहेको व्यहोरा समेत जानकारी गराइन्छ,” उनले विज्ञप्तिमार्फत् भनेका छन्, “यस अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभेच्छुक तथा सरोकारवालाहरूको निरन्तर साथ, सहयोग र विश्वासप्रति हामी हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा समेत यहाँहरूको साथ रहने अपेक्षा राख्दछौँ ।”
भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङले ग्राहक तथा सरोकारवालाको निरन्तर साथ र विश्वासका लागि धन्यवाद व्यक्त गरेका छन् ।





प्रतिक्रिया