काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा गएको विनाशकारी बाढीसँगै विपद्मा परेकाको उद्धार तथा राहतका लागि कतार सरकारले अत्यावश्यक राहत सामग्री पठाएको छ ।
बाढी प्रभावित क्षेत्रका नागरिकका लागि अत्यावश्कीय राहतजन्य सामग्री लिई आएको कतार एअरको जहाज आज अपराह्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । सो अवसरमा नेपालका लागि कतारी राजदूत मिशाल मोहम्मद अल अन्सारीले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई उक्त राहत सामग्री हस्तान्तरण गरेका थिए ।
नेपालस्थित कतारी दूतावासका अनुसार भोटेकोशी –त्रिशूली बाढीका कारण ठूलो धनजनको क्षतिसहित दुःखमा रहेको नेपाललाई सान्त्वनासहित अत्यावश्यक राहत सामग्री पठाइएको हो । रसुवा बाढीपछि नौ सयभन्दा बढीको शव फेला परेको, सयौँ व्यक्ति घाइते भएको, करिब पाँच हजार मानिस बेपत्ता भएको र नदी तटीय क्षेत्रका बासिन्दाको बासस्थानसहित जग्गा जमिन बगरमा परिणत भएको यस विषम अवस्थामा मित्रराष्ट्र कतारका तर्फबाट नेपाललाई अत्यावश्यक सहयोग प्राप्त भएको हो ।





प्रतिक्रिया