नेपाल टेलिकमको सेवा पुनःसञ्चालन


काठमाडौँ । नेपाल टेलिकमले आज रसुवाको जिबजिबे र सरमथली तथा धादिङको बेनीघाट र नुवाकोटको त्रिशूली बजार साइट सुचारु गरेको छ । यससँगै बाढीबाट प्रभावित भएका १२० साइट मध्ये ११० साइट सुचारु भएका छन् ।

जिबजिबे टावरबाट भोर्ले, चिती, गाइसौरा भोर्ले लगायत नौकुण्ड गाउँपालिकाको वडा नम्बर ५ र ६ को विभिन्न स्थानका सेवाग्राही लाभान्वित हुनेछन् ।

त्यसैगरी सरमथली टावरबाट यार्सा, लच्याङ, सिमबन्दी, बिजिली जोङ लगायत आसपास क्षेत्रका सेवाग्राही लाभान्वित हुनेछन् ।

बेनीघाट साइटबाट बेनीघाट बजार लगायत आसपासका क्षेत्र र त्रिशूली साइटबाट त्रिशुली बजार, ढुंगे आसपासका क्षेत्रमा सञ्चार सेवा सहज हुनेछ ।

प्रकाशित मिति: १५ भाद्र २०८३, सोमबार  १७ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।