काठमाडौँ । निर्वाचन आयोगले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आयुक्तहरूको १५ दिनको तलब उपलब्ध गराउने भएको छ ।
भोटेकोशी बाढी प्रभावितहरूका निम्ति १५ दिनको पारिश्रमिक उपलब्ध गराउने गरी निर्णय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई जानकारी दिए ।
त्यस्तै, आयोगका सचिव र सहसचिवहरूले दश दिनको, उपसचिव र अधिकृत स्तरका कर्मचारीहरूले सात दिनको, नायब सुब्बा र खरिदार स्तरका कर्मचारीहरूले पाँच दिनको र श्रेणीविहीन कर्मचारीहरूले दुई दिनको तलब बराबरको रकम उपलब्ध गराउने भएका छन् ।





प्रतिक्रिया