यती पेन्ट्सद्धारा भोटेकोशी बाढी पीडितलाई ११ लाख ११ हजार आर्थिक सहयोग


काठमाडौँ । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार तथा राहतका लागि यती पेन्ट्स नेपालले १ लाख ११ हजार १११ रुपैयाा आर्थिक सहयोग गरेको छ । यति पेन्ट्सले प्रधानन्त्री प्रकोप उद्धार कोषमा कम्पनीका तर्फबाट ११ लाख ११ हजार १ सय ११ रूपैयाँ आर्थिक सहयोग गरेको हो ।

भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुा, लगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि प्रभावित नागरिक र समुदायको सहयोगका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गरिएको कम्पनीका अध्यक्ष झलक बहादुर केशीले जानकारी दिए ।

प्राकृतिक विपत्तीका कारण प्रभावित क्षेत्रमा नागरिकको राहत तथा पुनर्स्थापनाका लागि आर्थिक सहयोग गरिएको अध्यक्ष केसीको भनाइ छ ।

कम्पनीले विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

प्रकाशित मिति: १७ भाद्र २०८३, बुधबार  १४ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।