काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.६६ अङ्कले बढेर २५४२.७७ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३१ अङ्कले बढेर ४४९.५० मा पुगेको छ ।
त्यस्तै, फ्लोट सूचक ०.१५ अङ्कले बढेर १७४.३५ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक ०.१२ अङ्कले बढेर १५१.७३ मा पुगेको छ ।
विभिन्न कम्पनीका एक करोड २१ लाख ६३ हजार ७६३ कित्ता सेयर ३ अर्ब ४६ करोड ५२ लाख एक हजार ४२ रुपैयाँमा खरिद बिक्री भएको छ ।
आज १३ उपसमूहमध्ये नौ उपसमूह बढ्यो भने चार उपसमूह घटेको छ । आज १४५ कम्पनीको सेयर बढ्यो भने १२३ कम्पनीको सेयर घट्यो । त्यसैगरी, १० कम्पनीको सेयर स्थिर रह्यो ।
नेप्सेका अनुसार विन नेपाल लघुवित्त वित्तीय संस्था, चिर्खवा हाइड्रोपावर कम्पनी, आशा लघुवित्त कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी, आज पियोर इनर्जी, आत्मनिर्भर लघुवित्त कम्पनी रक सेन्ट्रल फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।





प्रतिक्रिया