सुरुङभित्रबाट १० दिनपछि एक जनाको जीवितै उद्धार


काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीले सुरुङभित्र फसेकामध्ये एक जनाको जीवितै उद्धार गरिएको छ । १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको मेकानिकल फोरम्यान सञ्जय शाहलाई जिवितै उद्धार गरेको हो ।

आज बिहान मात्रै खोजी तथा उद्धारका क्रममा सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत पाएको नेपाली सेनालाई उद्धृत गर्दै इन्जिनियर श्रीराम न्यौपानेले बताएका थिए ।

प्रकाशित मिति: १९ भाद्र २०८३, शुक्रबार  ०९ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।