काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँ बढेर प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँ पुगेको हो ।
अघिल्लो दिन बिहीबार सुन प्रतितोला ३ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला चाँदी ४० रुपैयाँले बढेर ४ हजार ७६५ रुपैयाँ पुगेको छ ।
नेपालमा अन्तराष्ट्रिय बजारको आधारमा सुन चाँदीको मूल्य निर्धारण हुने गरेको छ । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ४७४ डलरमा कारोबार भइरहेको छ ।





प्रतिक्रिया