काठमाडौँ । दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर १ भट्टारबस्ती नजिकै ठूलो पहिरो गएको छ । पहिरोका कारण चौलानी नदी थुनिएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरेले जानकारी दिए ।
नदी थुनिएपछि अचानक पानीको बहाव बढ्न सक्ने तथा तटीय क्षेत्रमा जोखिम उत्पन्न हुन सक्ने भएकाले चौलानी नदी आसपास तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।





प्रतिक्रिया