प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन


काठमाडौँ । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल ११ अर्ब पाँच करोड ५६ लाख २६ हजार ९७१ रुपैयाँ मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

सरकारले यसअघि उक्त कोषमा जम्मा भएको एक अर्ब रुपैयाँ बाढीप्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ । नौ वटा वाणिज्य बैंकमा र आठ अर्ब छ करोड २५ लाख १५ हजार ५१८ रुपैयाँ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा थप एक करोड ९८ लाख ३७ हजार ६९५ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २० भाद्र २०८३, शनिबार  १३ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।