पहिरोले रोल्पाको सहिदमार्ग अवरुद्ध


रोल्पा । गएराति परेको अविरल वर्षाका कारण पहिरो खस्दा रोल्पाको सहिदमार्गमा यातायात सेवा अवरुद्ध भएको छ ।

रोल्पास्थित प्रहरी चौकी कुरेलीका अनुसार परिवर्तन गाउँपालिका– १ खोलावाङमा सडक माथिबाट पहिरो खस्दा आज बिहानदेखि घोराही–थवाङ सहिदमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा उक्त सडक हुँदै दाङ, रोल्पा, रुकुम जाने यातायातका साधनहरु बीच सडकमा नै रोकिएका छन् ।

प्रकाशित मिति: २१ भाद्र २०८३, आइतबार  ०८ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।