बाढीपछि फेला परेका सुनचाँदी, पैसा हामीलाई दिनुस्, आफुसँग नराख्नस् : प्रहरी


काठमाडौँ। नेपाल प्रहरीले भोटेकोसी नदीमा आएको बाढीमा भेटाएका सुनचाँदी, नगद फेला परेमा आफूसँग नराख्न आग्रह गरेको छ । प्रहरीले फेला परेको सामान नजिकको प्रहरी कार्यालयमा बुझाएर असल नागरिकको परिचय दिन आग्रह गरिएको हो ।

यस्ता धनमाल बिक्री वितरण नगर्न पनि प्रहरीले आग्रह गरेको छ । “भोटेकोसी बाढीपछि हराएका सुनचाँदी, नगद, धनमाल तथा महत्त्वपूर्ण कागजात फेला परेमा आफूसँग राख्ने, बिक्री वितरण गर्नेजस्ता अपराधिक एवं अमानवीय कार्य नगर्नुहोस्,” प्रहरीले भनेको छ ।

यही भदौ १० गतेको हिमबाढीले रसुवा, नुवाकोटलगायत जिल्लामा ठूलो जनधनको क्षति गरेको छ ।

प्रकाशित मिति: २१ भाद्र २०८३, आइतबार  १० : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।