काठमाडौँ । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार ४०० रुपैयाँले र चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो ।
सोमबार सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला ३ लाख ४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार चाँदी प्रतितोला ४ हजार ६९० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ७२५ रुपैयाँ कायम भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ४०२.१ अमेरिकी डलर र चाँदी ६५.८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।





प्रतिक्रिया