७ हजार ५०० एमएएच ब्याट्रीसहित ‘अनर एक्स सेभेन ई’ नेपालमा सार्वजनिक, इयरबड्स सित्तैमा पाइने !


काठमाडौँ । स्मार्टफोन निर्माता कम्पनी अनरले ७ हजार ५०० एमएएच क्षमताको ब्याट्रीसहित नयाँ स्मार्टफोन ‘अनर एक्स७ई’ नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले लामो समयसम्म टिक्ने ब्याट्री, सहज प्रदर्शन, आकर्षक डिजाइन र उत्कृष्ट तस्बिर खिच्ने क्षमतालाई फोनका प्रमुख विशेषताका रूपमा प्रस्तुत गरेको छ।

६.६१ इन्चको १२० हर्ज रिफ्रेस रेटयुक्त स्मूथ डिस्प्ले तथा ५० मेगापिक्सेलको एआई अल्ट्रा–क्लियर मुख्य क्यामेरा रहेको उक्त मोबाइलमा सामग्री हेर्दा, सामाजिक सञ्जाल चलाउँदा, खेल खेल्दा तथा इन्टरनेट चलाउँदा सहज र छरितो अनुभव दिने कम्पनीको दाबी छ।

फोनमा ७ हजार ५०० एमएएच क्षमताको ठूलो ब्याट्री भएकाले ४५ वाटको द्रुत चार्जिङ सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ। ठूलो ब्याट्रीका कारण लामो समयसम्म फोन प्रयोग गर्न सकिने र द्रुत चार्जिङले कम समयमा ब्याट्री चार्ज गर्न सहयोग गर्ने कम्पनीले विज्ञप्ति मार्फत जानकारी दिएको छ।

तस्बिर खिच्नका लागि फोनमा ५० मेगापिक्सेलको कृत्रिम बुद्धिमत्ता प्रविधियुक्त मुख्य क्यामेरा भएकाले दैनिक जीवनका महत्वपूर्ण क्षणलाई स्पष्ट र विस्तृत रूपमा कैद गर्न सहयोग गर्ने कम्पनीको भनाइ छ।

अनर एक्स७ईमा ६ जीबीको कार्यस्मृति र २५६ जीबीको आन्तरिक भण्डारण क्षमता रहेको छ। यसबाट फोटो, भिडियो, मोबाइल एप तथा अन्य सामग्री भण्डारण गर्न पर्याप्त स्थान उपलब्ध हुने कम्पनीले जनाएको छ।

फोन सूर्योदय सुन्तला र मध्यरात कालो गरी दुई रङमा उपलब्ध हुनेछ। फोन सार्वजनिक गर्ने अवसरमा कम्पनीले विशेष उपहार योजनासमेत ल्याएको छ। सेप्टेम्बर १५, २०२६ सम्म अनर एक्स७ई खरिद गर्ने प्रत्येक ग्राहकले ‘अनर एक्स७ई एक्टिभ इयरबड्स’ निःशुल्क प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

६ जीबी कार्यस्मृति र २५६ जीबी भण्डारण क्षमता भएको अनर एक्स७ईको नेपाली बजार मूल्य ३९ हजार ९९९ रुपैयाँ तोकिएको छ। फोन नेपालभरका अधिकृत अनर बिक्री केन्द्रमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

प्रकाशित मिति: २२ भाद्र २०८३, सोमबार  १७ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।