मुगुमा दुई पटक भूकम्पको धक्का महसुस


काठमाडौँ । मुगु जिल्लालाई केन्द्र बिन्दु बनाएर आज बिहान दुई पटक भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान १:५१ र ४:२८ बजे भूकम्प गएको हो ।

केन्द्रका अनुसार बिहान १:५१ बजे ४.५ म्याग्निच्युड र ४:२८ बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।

प्रकाशित मिति: ३१ भाद्र २०८३, बुधबार  ०६ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।