हुवावे बन्यो विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड


काठमाडौँ । चर्चित प्रविधि कम्पनी हुवावे सन् २०२६ को पहिलो ६ महिनामा विश्वकै पहिलो नम्बरको स्मार्टवाच ब्रान्ड बनेको छ। पछिल्लो आईडीसी क्वार्टरली वेयरेबल डिभाइस ट्र्याकरका अनुसार हुवावेले यस अवधिमा विश्वव्यापी स्मार्टवाच बजारको २१ प्रतिशतभन्दा बढी हिस्सा ओगटेको हो।

कम्पनीका अनुसार यो उपलब्धिले नवप्रवर्तनमा निरन्तर केन्द्रित हुँदै विभिन्न जीवनशैली र आवश्यकताअनुसार स्मार्टवाच तथा वेयरेबल उत्पादन विस्तार गर्दै आएको परिणामलाई देखाउँछ।

सन् २०२६ को पहिलो छ महिनामा हुवावेले हुवावे वाच जीटी रनर २, हुवावे वाच फिट ५ सिरिज र हुवावे वाच किड्स एक्स१ सिरिज लगायतका नयाँ स्मार्टवाच तथा वेयरेबल उत्पादन सार्वजनिक गरेको थियो।

यी उत्पादन स्वास्थ्य निगरानी, खेलकुद गतिविधिको ट्र्याकिङ तथा दैनिक प्रयोगलाई लक्षित गरी विकास गरिएका छन्।​

फिटनेस र दौडदेखि दैनिक स्वास्थ्य तथा वेलनेससम्मका आवश्यकतालाई ध्यानमा राख्दै हुवावेले उपयोगी प्रविधि र आधुनिक डिजाइनलाई संयोजन गर्दै आएको जनाएको छ।

यो उपलब्धिले नयाँ प्रविधिको विकासमा ह्वावेको निरन्तर ध्यान र विभिन्न जीवनशैली तथा आवश्यकताका लागि स्मार्टवाच तथा वेयरेबल उत्पादनको विस्तारलाई देखाउने कम्पनीले जनाएको छ। फिटनेस र दौडदेखि दैनिक स्वास्थ्य तथा तन्दुरुस्तीका लागि ह्वावेले उपयोगी प्रविधि र आधुनिक डिजाइनलाई संयोजन गरेका वेयरेबल उत्पादन विकास गर्दै आएको छ।

प्रकाशित मिति: ४ आश्विन २०८३, आइतबार  १७ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।