काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले निर्धारण गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७० पैसा रहेको छ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४२ पैसा तोकिएको छ। क्यानेडियन डलरको खरिददर १०९ रुपैयाँ ४४ पैसा तथा बिक्रीदर १०९ रुपैयाँ ८७ पैसा कायम गरिएको छ।
युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ। युके पाउन्ड स्ट्रलिङको खरिददर २०५ रुपैयाँ ०८ पैसा र बिक्रीदर २०५ रुपैयाँ ८८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार आवश्यकता र परिस्थितिअनुसार तोकिएको विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिनेछ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विदेशी मुद्राको विनिमय दर भने राष्ट्र बैंकले तोकेको दरभन्दा फरक हुन सक्ने जनाइएको छ।
विदेशी मुद्राको अद्यावधिक विनिमय दर नेपाल राष्ट्र बैंकको आधिकारिक वेबसाइटमार्फत हेर्न सकिनेछ।







