काठमाडौँ । विश्वप्रसिद्ध इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले नेपालीहरूको महान् चाड दसैँ तथा तिहारलाई लक्षित गर्दै विशेष उत्सव योजना सार्वजनिक गरेको छ । ‘सेलिब्रेट दसैँ एन्ड तिहार’ नामक योजनाअन्तर्गत ग्राहकले टीसीएलका विभिन्न इलेक्ट्रोनिक्स तथा घरायसी उपकरण खरिदमा आकर्षक क्यासब्याक, उपहार तथा सहज किस्ताबन्दी सुविधा पाउने भएका छन् ।
योजनाअन्तर्गत टीसीएलका टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन, वाटर डिस्पेन्सर, एयर कन्डिसनरलगायतका उपकरण खरिद गर्न सकिनेछ । कम्पनीका अनुसार ८५ तथा ९८ इन्चका टेलिभिजन खरिदमा टीसीएल एस५५एच साउन्डबार, वासिङ मेसिनमा ६ केजी सर्फ एक्सेल म्याटिक तथा रेफ्रिजरेटर खरिदमा सीजी इन्डक्सन कुकटप निःशुल्क उपलब्ध गराइनेछ ।
त्यस्तै, एयर कन्डिसनर खरिदमा निःशुल्क जडान सुविधा तथा विभिन्न उत्पादनमा अधिकतम १ लाख ४२ हजार ५ सय रुपैयाँसम्म क्यासब्याक उपलब्ध हुने कम्पनीले जनाएको छ । ग्राहकले शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा समेत प्राप्त गर्न सक्नेछन् ।
टीसीएलले आधुनिक प्रविधि र डिजाइनमा आधारित उत्पादनमार्फत ग्राहकलाई गुणस्तरीय मनोरञ्जन तथा सहज जीवनशैलीको अनुभव प्रदान गर्दै आएको जनाएको छ । कम्पनीका क्यूडी–मिनी एलईडी तथा क्यूएलईडी टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कन्डिसनर, वाटर डिस्पेन्सर, म्युजिक सिस्टम तथा भीआरएफ एयर कन्डिसनिङ सिस्टमलगायतका उत्पादन नेपाली बजारमा उपलब्ध छन् ।

नेपालमा चौधरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले टीसीएलका उत्पादनहरू बिक्री तथा वितरण गर्दै आएको छ । ग्राहकले नेपालभर रहेका सीजी इलेक्ट्रोनिक्सका आधिकारिक डिलर, शोरुम तथा सीजी डिजिटल प्लेटफर्ममार्फत टीसीएलका उत्पादन खरिद गर्न सक्नेछन् ।
कम्पनीका अनुसार यो विशेष उत्सव योजना भदौ २६ गतेदेखि सीमित अवधिका लागि नेपालभर लागू गरिएको छ ।







