लमजुङ । बाढीपहिरोको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ खण्डमा राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले आज साँझ ७ बजेदेखि यही असोज १२ गते बिहान ६ बजेसम्म उक्त खण्डमा राति गाडी नचलाउने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालका अनुसार भारी वर्षाका कारण बाढीपहिरोको जोखिम बढ्नसक्ने भएकाले यस्तो निर्णय भएको हो । साथै, उनले विपद् पूर्वतयारीमा जिल्ला प्रशासन जुटेको बताए ।









