काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एस २६ परिवारमा नयाँ सदस्यका रूपमा ग्यालेक्सी एस२६ एफई सार्वजनिक गरेको छ ।
यो वान यूआई ९ सहित आउने ग्यालेक्सी एस २६ सिरिजको पहिलो स्मार्टफोन भइ, सुरुदेखि नै थप ग्राहकसम्म नयाँ प्रिमियम ग्यालेक्सी अनुभव पुर्याउनेछ। उच्च क्यामेरा र अझ बढी इन्टेलिजेन्ट ग्यालेक्सी एआई का साथ यसले दैनिक फोटो खिच्ने, क्रिएट गर्ने र कनेक्ट गर्ने अनुभवलाई अझ राम्रो बनाउनेछ। पातलो र हल्का डिजाइनमा ग्राहकले सबैभन्दा धेरै चाहने सुविधाहरूलाई ध्यानमा राख्दै तयार गरिएको ग्यालेक्सी एस२६ एफई ले ग्यालेक्सी एस सिरिजको विशेष अनुभवलाई निरन्तरता दिएको छ।
सामसङ नेपालका सिनियर डाइरेक्टर तथा हेड अफ एमएक्स, सामसङ नेपाल, प्रणय रत्न स्थापितले भने, “ग्यालेक्सी एस२६ एफई दैनिक जीवनमा हरेक सुविधाले अर्थपूर्ण फरक पारोस् भन्ने कुरालाई ध्यानमा राखेर डिजाइन गरिएको हो। यसले ग्यालेक्सी एस सिरिजका विशेष सुविधाहरूलाई अझ धेरै ग्राहकसम्म पुर्याउनेछ।”
ग्यालेक्सी एस२६ एफई ले फोटो खिच्नेदेखि एडिट गर्नेसम्म अझ राम्रो क्यामेरा अनुभव प्रदान गर्छ। यसको सुधारिएको ट्रिपल रियर क्यामेरा र उन्नत इमेज प्रोसेसिङले स्थिर तस्बिरदेखि छिटो दृश्यसम्म महत्वपूर्ण क्षणहरूलाई स्पष्ट रूपमा खिच्न र सजिलै एडिट गर्न मद्दत गर्छ।
नयाँ ग्यालेक्सी फोल्डेबलहरूमा प्रस्तुत गरिएको माइ फ्यानक्याम अब ग्यालेक्सी एस२६ एफई मा पनि उपलब्ध छ। यसले चुनिएको व्यक्तिलाई आफैं ट्र्याक गर्दै फ्रेमको बीचमा राख्छ र चलिरहेको सीन अनुसार भिडियोको फ्रेमलाई मिलाउँछ।
भिडियो खिच्दा होरिजेन्टल लक सहितको सुपर स्टेडी ले छिटो चलिरहेका गतिविधिहरूको भिडियोलाई अझ स्थिर र सीधा खिच्न मद्दत गर्छ। ग्यालेक्सी एस२६ एफई मा ३ह ९तीन गुणा० अप्टिकल जुम पनि रहेको छ, जसले टाढाबाट खिच्न अझ सहज बनाउँछ।
ग्यालेक्सी एस सिरिजको विशेष सुविधा नाइटोग्राफी ले अँध्यारोमा पनि उज्यालो र स्पष्ट फोटो खिच्न मद्दत गर्छ र खिच्न गाह्रो अवस्थामा समेत फोटोको डिटेलहरूलाई स्पष्ट राख्छ।
नयाँ वान यूआई ९ का साथ ग्यालेक्सी एस२६ एफई मा दैनिक कामलाई अझ सजिलो बनाउने विभिन्न इन्ट्युटिभ र कन्टेक्स्ट(अवेयर ग्यालेक्सी एआई सुविधा रहेका छन्। यसले ग्राहकको दैनिक रूटीन अनुसार आवश्यक जानकारी दिनुका साथै कामहरूलाई व्यवस्थित राख्न मद्दत गर्छ।
ग्यालेक्सी एस२५ सिरिजमा प्रस्तुत गरिएको नाउ ब्रिफ लाई पनि थप व्यक्तिगत बनाइएको छ। यसमा मौसम र स्वास्थ्य सम्बन्धी जानकारीजस्ता आफूलाई चाहिने ब्रिफिङ कार्डहरू रोज्न सकिन्छ। ग्राहकहरूले सामान्य निर्देशन प्रयोग गरेर आफ्नै कार्ड पनि बनाउन सक्नेछन्, जसले दिनभरि नाउ ब्रिफ लाई अझ उपयोगी बनाउनेछ।









