भोटेकाशी बाढी प्रभावित बालबालिकाको दीर्घकालीन स्याहार योजना सञ्चालनमा ल्याइएको महिलामन्त्री वादीव्दारा सदनलाई जानकारी


काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामनजिक सुरक्षामन्त्री सीता बादीले भोटेकाशी बाढीबाट प्रभावित भई विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन स्याहार योजना सञ्चालनमा ल्याइएको बताइन्।

    प्रतिनिधिसभाको आजको बैठकमा  उनले बालबालिकाहरुको खोजी, उद्धार, संरक्षण र अभिभावक खोजी तथा पारिवारिक पुनर्मिलनलाई विशेष प्राथमिकता दिइएको स्पष्ट पारीन् ।

    “प्रभावित १५ स्थानीय तहमा बाल संरक्षणसम्बन्धी समन्वय संयन्त्र गठन गरी सूचना सङ्कलन, उद्धार तथा संरक्षणको कार्य भइरहेको छ र बालबालिकाका लागि ४० स्थानमा बालमैत्री केन्द्र सञ्चालन गरिएको छ”, मन्त्री बादीले भनीन् ।

    उनले विशेष संरक्षणको आवश्यकताभएका आमाबुवा गुमाएका, अपाङ्गता भएका, दुर्गम तथा सामाजिक, आर्थिक रूपमा पछाडि परेका बालबालिकाको संरक्षणलाई सरकारले विशेष जिम्मेवारीका रूपमा लिएको बताइन्।

    “ललितपुरको गोदावारी नगरपालिका–१२ ठेचोमा उद्धार गरी ल्याइएका बालबालिकाका लागि आवास, खानपान, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग, पारिवारिक खोजी तथा पारिवारिक पुनर्मिलन लगायत सेवा उपलब्ध गराउने गरी अस्थायी संरक्षण सेवा सञ्चालनमा ल्याइएको छ”, उनले भनीन् ।

प्रकाशित मिति: ८ आश्विन २०८३, बिहिबार  १३ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।